निजामती सेवा
PDF Print E-mail

Tue, Sep 10th, 2013 :

पृथ्वीले सूर्यको परिक्रमा गरे झै,
निरन्तर पुस्तक पुस्तकको परिक्रमा गर्दै,
इतिहास, भुगोल, विज्ञानका पाना पाना पढ्दै,
नियम कानून पद्धतिसंग समाहित हुदै,
सेवामा प्रवेश गरि रहेको बेला,
सुविधा भोगी हुन् भन्ने बचन पाए ।।

नेपाल आमा रोहिरहेको वेला,
देश पिंजडाको सुँगा बनिरहेको वेला,
राष्ट्र निकासका लागि बुद्धि र नियम केलाउन खोज्दा,
फोक्सो, मुटु र मस्तिष्कको सन्तुलन मिलाउन खोज्दा,
देश निकाशका खेस्रा खोज्दा खोज्दा,
मेची देखि महाकाली सम्म भावना वुझ्न खोज्दा,
औकात भन्दा वढि खोजे भन्ने वचन पाए ।।

राष्ट्र सञ्चालनको बाटो हिड्दै,
राज्यकै यन्त्र बन्दै काम गरि रहेको वेला,
आपस आपसमा अमेल गर्दै,
द्धन्दै द्धन्दको भुमरीमा भासिन खोजेको बेला,
मिलनको सागर खोज्न,
मन्त्री परिषदको अध्यक्ष स्वीकार गर्नु पर्दा,
नेतै भए भन्ने वचन पाए ।।

त्यसैले, अव मैले,
यन्त्रको खिया मेट्ने औजारको प्रयोग गर्दै,
यन्त्र यन्त्र विचको एकता रोज्दै,
विग्रेको वेकाम औजार फाल्दै,
आधुनिक मेसिनको आविस्कार गर्न,
समय संग परिवर्तनको सदुपयोग गर्दै,
योग्य, भव्य र सभ्यका साथ देशको निकास खोज्न,
निजामति सेवा, एकताको दिवस बन्नु छ ।।।




अम्विका प्रसाद गौतम(लक्षित)

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box