पोखरा विश्वविद्यालय साहित्य समाजमा बस्याल
PDF Print E-mail

Sun, Aug 18th, 2013 :

विश्वविद्यालय साहित्य समाजमा एकादेव बस्यालको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । समाजको सम्पन्न दोस्रो वार्षिकोत्सव तथा साधारणसभाबाट उपाध्यक्षमा गोविन्द खत्री, सचिवमा आभाष भाइ, सहसचिवमा आशिष दनाई र कोषाध्यक्षमा गरिमा पुन सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरूमा विकास त्रिपाठी, हिसव श्रेष्ठ, सूर्य देवकोटा, प्रवेश ढकाल, सदिक्षा रेग्मी, शेखर पोख्रेल, खिमलाल पोख्रेल र कृष्णा बास्तोला निर्वाचित भएका छन् । यसअघि पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि साहित्यकार कृष्ण उदासीले उत्कृष्ट साहित्य सिर्जनाकालागि साहित्यकार हरूले आफ्नो विश्व दृष्टिकोण बनाउन सक्नुपर्ने आवश्यकता औंल्याए । पोखरा विश्वविद्यालय मानविकी तथा समाज विज्ञान संकायका डिन प्रा. डा. इन्द्रप्रसाद तिवारीले समाजले साहित्यिक कार्य क्रमसँगै अनुसन्धानात्मक कार्य तर्फ पनि विशेष ध्यान दिनुपर्ने तर्फ ध्यानाकर्षण गराए ।

कार्यक्रममा गजलकार मन क्षेत्री, आवाज शर्मा , उपप्राध्यापक जीवनाथ सुवेदी, दिपककुमार श्रेष्ठ, जनसाहित्यिक मञ्च कास् कीका अध्यक्ष सञ्जय शान्ति सुवेदी, इञ्जिनियरिङ साहित्य सञ्जालका अध्यक्ष पत्थरो दास विशालान्त लगायतले नयाँ कार्य समितिलाई पुरानो कार्य समितिका गतिविधीहरूमा नविनता थप्ने गरी लाग्न शुभकामना दिए ।

कार्यक्रममा घनश्याम शर्मा रेग्मी, सुमन लम्साल, टिकाराम रेग्मी, राजिव रिमाल, राजकुमार चौधरी, शेखर पोख्रेल, हिसव श्रेष्ठ, गरिमा पुन, आशिष दनाई , तृप्ति पोख्रेल, एकादेव बस्याल, बिमल न्यौ पाने , विकास त्रिपाठी, के . आर . ढकाल, सूर्य देवकोटा लगायतका स्रष्टाहरूले आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सुवास मल्लले आफ्नो कार्यकालको प्रगति विवरण पेश गरेका थिए भने निवर्तमान सचिव एकनाथ बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।समाजले सञ्चालन गरेको गजल प्रशिक्षणमा प्रशिक्षक मन क्षेत्रीलाई सम्मान गरिएको थियो भने प्रशिक्षणका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्य क्रममा कोषाध्यक्ष तृप्ति पोख्रेलले स्वागत गरेकी थिइन् ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box