साहसिक पर्यटक खेल हुने
PDF Print E-mail

Fri, Aug 16th, 2013 :

नेपाललाई अन्तर्राष्ट्रियस्तरको साहसिक पर्यटन खेलको उष्कृट गन्तव्यस्थलको रुपमा चिनाउन भदौ १ गते टान अन्तर्राष्ट्रिय इको च्यालेन्ज प्रतियोगिता २०१३ को आयोजना गरिन लागिएको छ ।

lekhnath_studentcorner_1376633843resize_image.php.jpe

सो एकदिने कार्यक्रममा काठमाडाँैको टोखाको भूतखेल चौरदेखि बुढानीलकण्ठ पानीमुहानसम्म दौड, नागार्जुन–शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पानीमुहानदेखि सुन्दरीजलसम्म साइकल यात्रा र बागमती नदीको सुन्दरीजलदेखि गोकर्णसम्म जलयात्रा प्रतियोगिता गरिने आयोजक संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

तीन छुट्टाछुट्टै खेलको यस प्रतियोगिताको कुल दूरी २८ किलोमिटर हुने र एक विदेशीसहित २१ टोलीले प्रतियोगितामा भाग लिने टानका महासचिव मोहन लम्सालले बताए ।

पाँच जनाको समूहको एक टोली रहने र प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार नगद पुरस्कार दिइने बताइएको छ ।

त्यसैगरी टानले पदयात्रा पर्यटनको नयाँ गन्तव्यका लागि पनौतीदेखि काभ्रेको तिमाल डाँडासम्मको दूरीलाई उजागर गर्ने भएको छ । काभे्रको तिमाल क्षेत्र र सिन्धुलीको सीमाक्षेत्र महाभारत पर्वतको आसपास क्षेत्रमा पदयात्रा मार्ग विकास गर्ने उद्देश्यका साथ सो क्षेत्रको नक्साकङ्नसमेत गरिएको र भदौ ३ गतेदेखि त्यस स्थानमा पदयात्रा कार्यक्रम प्रारम्भ गरिने बताइएको छ ।

पाँच दिनको सो पदयात्रा मार्गमा आठौ शताब्दीका बौद्ध गुरु रिन्पोछेले ध्यान गरेको क्षेत्रसमेत पर्ने भएकाले पनि यो क्षेत्रको धार्मिक महत्वसमेत रहेको छ ।

टानले दुई वर्षको अवधिमा देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा छवटा नयाँ पदयात्राको पहिचान गरी विस्तार गरिसकेको टानका उपाध्यक्ष अम्बर तामाङले बताए ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box