भानु जयन्तीमा शोभायात्रा
PDF Print E-mail

Sun, Jul 14th, 2013 :

पोखरा, २९ असार।राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको द्विशतवाषिर्कको अवसरमा शनिबार बिहान पोखरामा शोभायात्रा निकालियो।

lekhnath_literature_1373776223bhanu_bhakta.jpg

असार २९ गते आदिकवि आचार्यको जन्मजयन्ती नेपाल भर र नेपाल भाषा बोलिने विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ।

शोभायात्रामा यस क्षेत्रका सुरक्षा निकाय, साहित्यिक/साङ्गीतिक संस्था, विद्यार्थी, टोल विकास संस्था, सरकारी कर्मचारी र सर्वसाधारणको सहभागिता रहेको थियो।

भीमसेनचोकबाट सुरु भएको शोभायात्रा, महेन्द्रपूल, तेर्सापट्टी, नालामुख, मोहरिया टोल हु्ँदै पृथ्वीनारायण क्याम्पस बगरमा पुगेर सभामा परिणत भएको थियो।

सो अवसरमा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक सुमनप्रसाद शर्माले नेपाली भाषाको विकासमा भानुभक्तको अतुलनीय योगदान रहेको बताए।

उनले भानुभक्तको योगदानका कारणले नै नेपाली भाषा अहिलेको समृद्ध आवस्थामा आएको धारणा राखे।

समितिका संयोजक सरुभक्तले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा गायक पद्मराज ढकालले भानुभक्तका केही श्लोक वाचन गरेका थिए।

समितिका संयोजक प्राज्ञ सरुभक्तको अध्यक्षतामा भएको सभामा स्वागत सहसंयोजक हनिफ मियाँ र सञ्चालन सचिव अम्बिकाप्रसाद भट्टराईले गरेका थिए।

कार्यक्रममा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पृथ्वीनारायण क्याम्पसमा पढ्ने छात्रलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने गरी एक अक्षय कोषका लागि रकम प्रदान गरे। उनले अक्षय कोषमा रहने गरी समितिका संयोजक सरुभक्तलाई एक लाख एक सय २५ रुपैयाँ’को चेक हस्तान्तरण गरेका थिए।

आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपालीमा अनुवाद गरेका थिए। उनलाई भाषिक रूपले नेपालको एकीकरण गर्ने श्रेय जान्छ। रामायणका अतिरिक्त उनका बधु शिक्षा, भक्तमाला, प्रश्नोत्तरीजस्ता कृति प्रकाशित छन्।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box