More Related Information

निजी विद्यालयका अभिभावक : सञ्चालकका दुहुना गाई
PDF Print E-mail

Tue, May 28th, 2013 :

ऐतिहासिक समयदेखि नै अध्ययन गर्ने हो भने वास्तवमा नेपालमा निजी विद्यालयको सुरुवात जङ्गबहादुर राणाको युरोप भ्रमण पछिको समयलाई लिन सकिन्छ। जङ्गबहादुर राणा जब युरोप भ्रमण गरे तत्पश्चात् उनी चकित परे कि युरोपमा भएको विकास र त्यसमा शिक्षाको देन देखेर। आफ्नो युरोप भ्रमण पछि उनले आफूसँग दुर्इजना अङ्ग्रेजी शिक्षक ल्याई दरबार र आफ्ना राणा परिवारका सदस्यलाई शिक्षाको प्रवन्ध मिलाए। भनिन्छ, त्यही नै नेपालमा शिक्षाको सुरुवात तथा अङ्ग्रेजी शिक्षाको सुरुवात हो भनेर।

समयको बहावसँगै नेपालमा धेरै सरकारी तथा निजी विद्यालयको स्थापना भयो। सरकारी र निजी जहाँ कुनै व्यक्ति वा समूहको प्रत्यक्ष आर्थिक लगानी भएको हुन्छ, च्याउ उम्रेझैं विद्यालयहरूको स्थापना हुन थाल्यो, त्यही पनि विशेषत राष्ट्रिय शिक्षा पद्धति योजना-२०२८ को प्रयोग पछाडि मात्र। सरकारी तथा निजी दुबै तर्फबाट विद्यालयहरू छ्याप्छ्याप्ती स्थापना हुन थाल्यो, जसले गर्दा गुणात्मक भन्दा संख्यात्मक वृद्धि भएको पाइन्छ। मूलतः २०४७ सालमा प्रजातन्त्रको पुनर्बहाली भए पछि त झन् यस क्षेत्रमा निजी क्षेत्रको व्यापक लगानी भएको पाइन्छ। त्यसैले हालसम्म नेपालमा करिब दश हजारको हाराहारीमा निजी विद्यालयहरू र त्यसमा अध्यापन गराउने करिब एक लाख बीस हजार जति शिक्षक शिक्षिकाहरू छन्।

राष्ट्रले नै उपेक्षित शिक्षकहरू जो निजी विद्यालयमा आफ्नो पसिना र मेहनत बेचिरहेका छन्, कुनै समय नेपालका शिक्षामन्त्री भएका महामहिम भनाउदा नेता प्रदिप नेपाल जसको निजी विद्यालयमा ठूलो लगानी रहेको छ, आफ्ना मागहरू सभ्य ढङ्गले उठाउदा निजी विद्यालयका शिक्षक वा शैक्षिक मजदुरलाई “आतङ्ककारी” को नामाकरण गरी आफ्नो नाङ्गो परिचय दिए। निजी विद्यालयमा अध्यापन गराउने शिक्षकहरूको व्यथा त सायद अचानोको भन्दा कम अवश्य पनि छैन तैपनि निजी विद्यालयमा आफ्ना नानी बाबुहरूलाई पठाइ सुनौलो भविष्य खोज्ने अभिभावकहरू पनि त्यति नै पीडित छन् जस्तो लाग्छ। हुनत, महङ्गो शिक्षा पढाएपछि आफ्ना नानी बाबुहरू पनि भविष्यमा महङ्गा भएर निस्कन्छन् भनेर होला तर मलाई लाग्छ, मेरो सत्र वर्षको निजी विद्यालयमा भइरहेको अनुभवले त्यस्तो होला जस्तो लाग्दैन।

वास्तवमा भन्ने हो भने निजी विद्यालयमा आफ्ना नानी बाबुहरू पठाएर सुनौलो भविष्यको आशा राख्ने निदोर्श, अबुझ अभिभावकहरू सञ्चालकका लागि आर्थिक स्रोतका लागि दुहुनु गाई भएका छन् किनभने माछा मार्ने माझीले उसलाई बेलुका छाक र्टार्न ढडिया थापेर बढी भन्दा बढी माछालाई ढडियामा पार्ने कोशिस गरेको हुन्छ, त्यसरी नै निजी विद्यालयका सञ्चालक भनौं वा लगानीकर्ताहरू पनि बढी भन्दा बढी अभिभावकहरूलाई ललिपप देखाएर वा पानीमा विष हालेर माछा लर्ठ्ठाई ढडियामा पारेझैं उनीहरूका छोराछोरीलाई आफ्नो शैक्षिक ढडियामा पार्न आन्तरिक रुपमा रङ्गशालामा प्रतिस्पर्धा गरिरहेका हुन्छन्। विचरा अभिभावकहरू थाहा छैन त्यो ललिपपको मिठासपनले कसरी विस्तारै लठ्ठ पारेको छ भनेर। हुनत जुनसुकै व्यापारीले पनि आफ्नो लगानीबाट मुनाफा अवश्य लिन खोज्छ नै तर निजी विद्यालयमा भएको ज्यादती, सायद ठगिएका अभिभावकहरूले बुझेका छैनन् वा बुझेर पनि मुखमा दही जमाएर बसेका छन् जसले गर्दा आवश्यकता भन्दा बढी मुनाफा निजी विद्यालयका सञ्चालकहरूले लिइरहेका छन्।

आफ्नो व्यवसायलाई कस्मेटिक नलगाएसम्म त मुनाफा किन पो आउँथ्यो र तै पनि फेन्सीमा पसेपछि सामानको मूल्य र गुणस्तर सही छ कि छैन भनेर चिन्नु पर्ने आखिर ग्राहकले नै हो तर निजी विद्यालयमा अभिभावकहरूको कुनै चासो छैन। उनीहरूलाई मात्र थाहा छ कि चर्काे वा महङ्गो विद्यालयमा आफ्ना नानी बाबुहरू भर्ना गराएपछि स्र्वर्ग नै जिते जस्तो र जतिसुकै रकम तिर्न पनि तयार। अनि सञ्चालक पनि के कम त्यस्ता पैसावाल पाएपछि। उनीहरू पनि विभिन्न आकर्षक शीर्षकहरू राखी पैसा गोद्न तयार हुन्छन् अनि विभिन्न आकर्षक शीर्षकको व्यापक प्रचार गरी अभिभावकको नजरमा कस्मेटिक लगाइदिन्छन्, आखिर पैसा गोदेर नै छाड्छन्। त्यसैले अहिले बजारमा नया नाम राखी आकर्षक विज्ञापन सहित महङ्गो शुल्क लिने विद्यालयहरू अभिभावकहरूको रोजाइमा परेका छन्।

यस अर्थमा भन्ने हो भने वास्तवमा निजी विद्यालयका सञ्चालकहरूको कुनै दोष छैन् बरु छ त पैसा नै सब थोक सम्झने अभिभावकहरूको जो आकर्षक कस्मेटिक र गर्मीमा काखीको गन्ध हराउने स्प्रे लगाएर नक्कली रुप देखाइ व्यापारको प्रतिस्पर्धामा उत्रिएका विद्यालयमा आफ्ना अमूल्य छोराछोरीको सुनौलो भविष्य देखी भर्ना गर्न तछाड मछाड गर्दै ओइरिएका छन्। तसर्थ १५-२० ओटा शीर्षकमा मनोमानी हिसाबले शुल्क लिइरहँदा पनि हलुका भई तिर्न तयार तर पछाडि विद्यालय महङ्गो यो वा त्यो भनी कुरा गर्ने अभिभावकहरू वास्तवमा मेरो दृष्टिमा निजी विद्यालयका सञ्चालकका लागि दुहुनु गाई भएका छन्, किनकी दुहुनु गाईलाई घास दियो भने उसलाई आफ्नो कल्चौंडो रित्तिएको पनि थाहा पाउँदैन चाहे त्यो घास राम्रो होस वा छिप्पिएको सिरु। दुहुनु गाईलाई घास चाल्दा चाल्दै उसको कल्चांैडो चाउरी परी सक्छ तर ऊ अझै छिप्पिएको सिरु छानिरहेको हुन्छ। यसै गरी बजारमा बेच्न राखिएको जेरी जति रसिलो देखिन्छ त्यति नै त्यसले खाएपछि पेटमा खराब पनि गर्छ। त्यसैले विभिन्न रङ्का र आकर्षक जेरी वास्तवमा नखाएकै राम्रो। त्यसै गरी निजी विद्यालयमा आफ्ना नानी बाबुहरू पठाएर आफूलाई उच्च सोच्ने र प्रफुल्ल रहने अभिभावकहरू जेरीले दाँत खियाए झैं खिइँदै जाने छन्।

निजी अनि महङ्गा विद्यालयमा चर्काे शुल्क तिरेर आफूलाई सन्तुष्ट ठान्ने अभिभावकहरू कतै जादुको मन्त्रमा फसेका त छैनन् ? यसर्थ निजी विद्यालयमा पैसा धरौटी राखेर आफ्ना नानी बाबुहरूको उज्ज्वल, सुन्दर र सुनौलो भविष्य खोज्ने अभिभावकहरू वास्तवमा नै निजी विद्यालयका सञ्चालकका लागि दुहुनु गाई भएका छन्।

स्रोत / लेखक / सम्बददाता : वि.पि. "थकित" सुवेदी

Total : 1 comments

ram raj wrote on 2013-09-14,
k ho chal

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box