More Related Information

स्वर्गको टुक्रा रहेछ अन्नपूर्ण बेसक्याम्प ः यात्रा संस्मरण भानुभक्त पौडेल
PDF Print E-mail

Thu, Apr 11th, 2013 :

मनिसको जिवन एउटा रमाइलो यात्रा हो । त्यसैले यात्रारुपी जिवनलाई भ्रमण र मनोरञ्जनले अझ बढि रंगिन र सुन्दर बनाउन छोटो समय मिलाएर टोलीनेता तेजनारायण पराजुलीको योजना अनुरुप हामी १० जनाको टोली मिलेर प्रकृतिको सुन्दर देश नेपालको उत्तर तर्फ हिमालको काखमा रहेको अन्नपूर्ण वेसक्याम्प जाने निधो ग¥यौँ ।

जुन टोलीमा चारजना महिला (देवकी दहाल, शारदा भण्डारी, विष्णु बास्तोला, कल्पना कमर) र छ जना पुरुष (तेजनारायण पराजुली, हेमन्तराज कँडेल, दुर्गा प्रसाद आचार्य, प्रमोद गिरी, भानुभक्त पौडेल, चिरञ्जिवी बास्तोला) थियौँ । त्यसो त अन्नपूर्ण वेसक्याम्प विभिन्न देशका विदेशी पर्यटकहरुको अत्यन्त लोकप्रिय गन्तव्य हो । कोहि पदमार्गबाट हिंडेर पुग्ने गर्छन् भने कोहि हेलिकप्टरबाट उडेर सिधै अन्नपूर्ण वेसक्याम्प पुगेर आउने गर्दछन् । जसरी हेलिकप्टरबाट आकासमा उडेर विभिन्न डाँडाकांडा र हिमश्रृङ्गखलाहरु देख्दा आनन्द मिल्छ त्यो भन्दा छुट्टै आनन्द पदमार्गबाट यात्रा गरेर जाँदा हुन्छ । त्यसैले हाम्रो दश जनाको टोली पदमार्गबाट नै यात्रा गर्ने योजना बनायौँ ।

सधैँभरी दश देखी पाँच बजे सम्मको समय कार्यालयमै बित्ने हुँदा घुमफिर गर्ने फुर्सद कहाँबाट मिलोस, तर यस्तै ब्यस्तताका बाबजुद पनि एउटा फुर्सद निस्क्यो २०६९ फागुन २४ देखि २९ गते सम्म । अनि यात्रा शुरु भयो फागुन २४ गते दिनको २ बजे ।

बन्दोबस्तीका सामानले टम्म भरिएका झोला र १० जनाको टीमले भरिएको टाटासुमो भ्यान पोखराबाट छुट्यो । पोखरा बाग्लुङ्ग राजमार्गमा पर्ने कविताको गाउँ भनेर चिनिने लुम्लेको घुमाउरो बाटो हुँदै नयाँपुल पुग्यौँ र त्याहाँबाट पोखरा बाग्लुङ्ग राजमार्ग छोडेर हामी चढेको भ्यान कच्ची बाटो हुदै बिरेठाँटी तर्फ मोडियो ।

त्यसो त कच्ची र उकालो बाटो त्यसैमा पानी परेकोले हामी चढेको गाडी विस्तारै उकालो चढ्दै थियो त्यसैक्रममा बाटोको वरपर रातै फूलेका ठूला ठूला सिमलका रुखहरु देखिए अनि गाडीभित्र थपडी बजाउँदै गीत गुञ्जियो; ‘सिमली छाँयाँमा बसि भरिया लामो सास फेरेको, उमेर भैसक्यो असि झन् ठूला दुःखले घेरेको’ । यसरी गीत गाउँदै, रमाइलो गर्दै वरपरका पाखापखेरामा रातै हुने गरि फूलेका लालिगुँरास हेर्दै हामी चिप्लो र साँधुरो बाटोमा उकालो लाग्दै थियौँ यत्तिकैमा तल ठूलो भीर देखियो अनि सवैको मुखबाट अर्को गीत गुञ्जियोे ‘सरर पानी घट्टामा, मत प्यारी फर्कन्छु फर्कन्न नाम सारे है पेन्सन पट्टामा’ ।

यसरी रमाइलो गर्दै किम्चे सम्म गाडीमा गयौँ र उकालोमा लौरी टेक्दै डाँडापाखा हेर्दै, रमाइलो दृश्यलाई आफ्नो क्यामरामा कैद गर्दै र फाट्ट फुट्ट देखिएका विदेशी पर्यटकसँग परिचय गर्दै हामी साँझ ६ बजे घान्द्रुक पुगेर होटल सांग्रिलामा खाना खाएर सुत्यौँ ।

भोलिपल्ट बिहान सवेरै उठेर हेर्दा पूर्वपट्टिबाट घाम झुल्कन लागेको थियो भने अर्कोतर्फ हिमाल टल्केको थियो । त्यहि रमाइलो दृश्य हेर्दै चिया पिएर बिहान सवा ६ बजे फेरी हाम्रो यात्रा शुरु भयो । मौमस चिसो, केहि उकालो बाटो हँुदै हामी खोम्रुङ्ग भन्ने ठाँउमा पुग्यौँ । अलि अलि भोक लागेकोले ८ बजे खोम्रुङ्गमा बिहानको नास्ता गरी फेरी ओरालो लाग्यौँ । चिलाउनीका ठुला ठुला रुखले भरिएको ठुलो जंगल र ओरालो बाटो हामी हिँड्दै थियौँ त्यत्तिकैमा कल्पनाजी लड्नुभयो र खुट्टाबाट जुत्ता फुस्कन लाग्यो अनि जुत्ता फाट्यो कि भन्दै कराउँदै खुट्टा हेर्दै हुनुहुन्थ्यो सोहि बेलामा प्रमोदजीको मुखबाट अर्को गीत गुञ्जियो ‘वारी चिलाउनी पारी चिलाउनी, चिलाउनीको फेदैमा बसेर जुत्ता सिलाउनी’ ।

यसरी रमाइलो गर्दै कतै ओरालो त कतै उकालो अनि कतै सिधा बाटो हुँदै हामी दिनको साढे बाह« बजे छुम्रुङ्ग भन्ने ठाउँमा पुग्यौँ र त्याहाँ केहि समय आराम गरि छुम्रुङ्ग कटेजमा स्वादिलो खाना खाएर २ बजे फेरी ओरालो बाटोको यात्रा शुरु भयो । जब हामीले छुम्रुङ्ग खोलाको पुल तरेर गयौँ त्यसपछि कतैपनि पर्यटकका लागि खोलिएका होटल बाहेक अन्य मानव बस्ती देख्न पाएनौँ ।

कतै ठाडै उकालो, कतै ठाडै ओरालो अनि कतै सिधा बाटो हुँदै बाटोमा भेटिएका विभिन्न देशका पर्यटकहरुसँग नमस्ते भन्दै हाम्रो यात्रा चलिरहेको थियो यत्तिकैमा पानी प¥यो तरपनि हाम्रो उकालो यात्रा जारी नै थियो । केहि क्षणमा नै हामी समुन्द्री सतहबाट २३६० मिटरको उचाइमा रहेको सिनुवा भन्ने ठाउँमा पुग्यौँ त्यति बेला घडीमा साँझको पाँच बजिसकेको थियो । पानी परेको, चिसो मौसम र रात पर्न लागेकोले केहिबेर थकाइ मेटाएर खाना खाइ त्यहि सुत्यौँ ।

भोलिपल्ट बिहान हामी बसेको होटलमा रहेका विदेशी पर्यटकहरु हिँडेपछि हामी पनि बिहान ७ बजे सिनुवाबाट हिँड्यौँ । प्रकृतिको मनोरम दृश्य हेर्दै हामी केहि समय ओरालो झरेपछि बाम्बोमा पुगेर चियासँग हाम्रो झोलामा रहेको खाजा खाएर फेरी यात्रा शुरु ग¥यौँ । चारैतिर निगालोको मात्र वन भएकोले होला सायद उक्त ठाँउको नाम बाम्बो राखेको हामी आपसमा कुरा गरिरहेको थियौँ । चिसो हावा, छेवैमा बगेको मोदिखोलाको कञ्चन सुसाई सँगै हामी यात्रा गरिरहेको थियौँ निकै जाडो महसुस भएकोले झोलाबाट लसुन र अदुवा झिकेर चपाउँदै उकालो लाग्यौँ ।

जतिबेला हाम्रो नरम छालाले पहिलो पटक बिहान १० बजेमात्र घामको पहिलो न्यानोपन पाएको थियो त्यतिबेला नेपालको राष्ट्रिय फूल लालिगुँरास चारैतिर रातै फूलेको देखियो जुन दृश्य सबैले आ–आफ्नो क्यामरामा कैद गर्न लागे । यत्तिकैमा साहित्यिक शब्द गुञ्जिन थाले ‘फूल फूल्यो वास्ना दिन, तिमी जन्म्यौ किन, मत जन्मे माया दिन सक्छौ तिमी लिन’ अनि मेरो उत्तर थियो ‘मत जन्मे माया लिन तिमी जन्म्यौ किन, मुटुभित्र सजाउँछु सक्छौ माया दिन’ । यसरी रमाइलो गर्दै बिहान साढे १० बजे दोभानमा पुग्यौँ जहाँ मोदिखोलाको पानी प्रयोग गरेर लघु जलविद्युत आयोजनाबाट विजुली निकालिएको थियो । यो देख्दा लाग्यो यसरी नै सम्भव भएका सवै ठाँउबाट विद्युत उत्पादन गर्ने हो भने नेपालमा हाल भैरहेको लोडसेडिङ्ग घट्ने मात्र होइन नेपालले अन्य देशलाई विद्युतको ब्यापार गर्न सक्थ्यो । विद्युतको अभावले हामी सवैका मोवाइल र क्यामराका ब्याट्रिहरु चार्ज गर्न नपाइरहेका बेला हामीलाई ढुंगा खोज्दा देवता मिलेजस्तो भयो । सबैले आ–आफ्नो मोबाइल र क्यामराका ब्याट्रि चार्ज गरेर अत्यन्त रमणिय ठाँउमा बसेर खाना खाइ केहिबेरको आराम पछि फेरि हाम्रो यात्रा शुरु भयो जुनबेला घडिमा सवा १२ बजेको थियो ।

दोभानबाट अगाडी गएपछि मोबाइलको नेटवर्क नहुने भएकोले सबैजना आ–आफ्नो घरपरिवार र जिवनसाथीसँग कुरा गर्दै थिए । केहि क्षणमा नै मोबाइलको नेटवर्कले काम गर्न छाड्यो अनि एकान्त र सुनसान बनको बाटोमा एक्कासी लोक गायक भगवान भण्डारीको गीत गाउन शुरु भयो ‘बनमा काँडा छ तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ’ । यत्तिकैमा सबैले मलाई बैशाख आउँदै छ भनेर जिस्काउँदै थिए नजिस्काउन पनि किन अरु भन्दा यो पंक्तिकार एउटा कुरामा फरक थियो फरक यो थियो कि सबैजना बिबाहित थिए भने म अबिबाहित ।

उकालो बाटो र सबैजनालाई हिँड्न गाह«ो भएपनि हरेक पिडालाई खुसीमा बदलिदिने टोलीनेताको रमाइलो पनले यात्रा सहज भैरहेको थियो त्यत्तिकैमा रुखको टुप्पो नै छुने गरि हाम्रो शिरमाथीबाट एउटा हेलिकप्टर उड्यो सबैजनालाई कौतुहलता लाग्यो यति नजिकबाट हेलिकप्टर उडेको देखेर । यत्तिकैमा माथीबाट केहि विदेशीहरु ओरालो झर्दै थिए जसमा केहि नेपाली गाइडहरु पनि थिए अनि उनिहरुले भने एकजना विदेशी पर्यटक बिरामी परेकोले हेलिकप्टर आएको हो भनेर । करिब पाँच मिनेट हुँदा नहुँदै फेरी उक्त हेलिकप्टर हामीहरुको नजिकबाट पहिलेको बाटो हुँदै फर्कियो उक्त हेलिकप्टर हिमालय भन्ने ठाँउमा अवतरण भएको रहेछ ।

केहि समयपछि हामी सोहि ठाँउमा पुग्यौँ जतिबेला पानी परिरहेको थियो, मौसम निकै चिसो थियो त्यसैले त्यहिँ तातो चियाको चुस्की लिएर पानी पर्न छाडेपछि फेरि हाम्रो यात्रालाई निरन्तरता दियौँ । खोला वारी हामी यात्रा गर्दै थियौँ भने खोला पारी सेताम्मे हिउँ टल्केको थियो तर हामीहरुले हिउँलाई स्पर्श गर्न पाएका थिएनौँ । यात्रा अझ रमाइलोसँग अगाडी बढिरहेको थियो यत्तिकैमा हामी हिड्ने बाटैमा हिउँको थुप्रो भेटियो जुनबेला यो पंक्तिकार अत्यन्त खुशीको महसुस गरिरहेको थियो किनकी हाम्रो १० जनाको टोलीमा यो पंक्तिकार पहिलो पटक हिउँलाई स्पर्श गर्न सफल भएको थियो । यसैक्रममा सबैजना हिउँको थुप्रो नजिक आइपुगे सबैले खुशी ब्यक्त गर्दै स्पर्श गर्दै रमाउँदै हिउँसँगको पहिलो दृश्य आफ्नो क्यामरामा कैद गर्न लागे ।

केहिबेरको यात्रापछि हामी दिउँसो चार बजे समुन्द्री सतहबाट ३२०० मिटरको उचाइमा रहेको देउराली भन्ने ठाउँमा पुग्यौँ जहाँ मौसम निकै चिसो थियो । खोला वारी हामी थियौँ भने खोलापारी सेताम्मे हिउँ टल्केको थियो अनि बिचमा चाहीँ मोदीखोलको स्वच्छ पानी कलकल आवाजमा सुसाउँदै बगिरहेको थियो । वरपरका मनमोहक दृश्यहरुलाई आफ्नो क्यामरामा कैद गर्दै फोटो खिच्ने क्रम सकियो ।

केहिबेरको आराम पछि खाना खाएर केहि समय दिनभरीको यात्राका बारेमा छलफल गर्दै भोलिपल्टको यात्राको बारेमा योजना बनायौँ र दिनभरको थकानलाई बिर्सिएर गीत गाउँदै केहि समयको रमाइलो पछि सबैजना निद्रादेवीको काखमा लिप्त भयौँ ।

भोलिपल्ट बिहान साढे ६ बजे हाम्रो यात्रा देउरालीबाट शुरु भयो । नियमित बाटोमा हिउँ पहिरो गएर बिग्रीएकोले खोलाको बाटो हँुदै अर्को नयाँ बाटो हिड्नु पर्ने रहेछ जुन निकै अप्ठ्यारो थियो तरपनि चिसो मौसम, अनुपम वातावरण, प्रदुषण रहित स्वच्छ हावा, सुसाउँदै बगेको मोदि खोला, हिउँले भरिएका सेता हिमाल र भर्खर झुल्कन लागेको घामको किरणले हाम्रो सबै दुःखलाई विर्साएर यात्रालाई अझ बढि रमणिय बनाइरहेको थियो । यात्रा अगाडी बढिरहेको थियो यत्तिकैमा केहि ओरालो र बाटोमा हिउँ भएको ठाँउ आयो । चिप्लने डरले सबैजना विस्तारै र होसियारका साथ अगाडी बढिरहेको थिए तर जुंगे मित्र सबैभन्दा बढि डराउनु भयो त्यसैले दुबै हात समाएर बल्ल बल्ल उहाँलाई उक्त हिउँको बाटो कटायौँ ।

हिउँसँग खेल्दै हामी बिहान साढे नौ बजे माछापुच्छे« बेसक्याम्प पुग्यौँ जुन ठाउँमा भर्खर मात्र घाम लागेको थियो त्यसैले टिनको छानामा रहेको हिउँ पग्लेर खस्दै थियो । यत्तिकैमा टोलिनेता तेजनारायण पराजुलीको स्वास्थ्यमा निकै कठिनाई भएको थियो त्यसैले हामीले त्याहाँको होटल सञ्चालकलाई सोध्यौँ के गर्दा ठीक हुन्छ भनेर, होटलसञ्चालकले भनेअनुसार लसुनको सुप खाएपछि ठीक हुँदो रहेछ ।

केहि क्षणमा लसुनको सुप खाएपछि साँच्चिकै ठीक भयो र स्वास्थ्यमा सुधार भयो । सबैलाई भोक लागेकोले केहि समय आराम गरेर खाना खाँदै थियौँ भर्खरै घाम लागिरहेको भएपनि तत्कालै हिउँ पर्न शुरु भयो त्यसैले केहि समय त्यहिँ बस्यौँ र हिउँ पर्न रोकिएपछि फेरि हाम्रो यात्रालाई निरन्तरता दियौँ । केहि समय पछिको यात्रापछि फेरि हिउँ पर्न शुरु भयो । चिसो हावा चल्दै थियो आकाशबाट सेतो भूवा झरेझैँ हिउँ परिरहेको थियो यक्तिकैमा हामीले लगाएको कालो जकेट पनि हिउँले सेतो बनिसकेको थियो त्यतिबेला घडिमा बल्ल दिउँसोको १२ बजेको थियो । बिभिन्न देशबाट आएका विदेशी पर्यटकहरुसँग हिउँ खेल्दै उकालो लाग्यौँ । चारैतिर हिउँले भरिएका सेताम्मे हिमाल हेर्दै, हिउँमा रमाउँदै यात्रा चलिरहेको थियो यत्तिकैमा यो पंक्तिकार अत्यन्त खुशि महसुस गरिरहेको थियो किनकी १० जनाको टोलीमध्ये समुन्द्रि सतहबाट ४१३० मिटरको उचाइमा रहेको हाम्रो यात्राको गन्तब्यमा पुग्ने प्रथम ब्याक्ति यहि पंक्तिकार नै थियो । त्यसबेला घडीमा दिउँसोको साढे १ बजेको थियो । केहि समय पछि सबैजना गन्तब्यमा आइपुगे र हामी सबैजना गन्तब्यमा पुग्न सफल भयाँै त्यतिबेला दिउसोको पौने २ बज्न लागेको थियो । चिसो मौसम, आकाशबाट हिउँ परिरहेको, चारैतिर हिउँ नै हिउँले भरिएका डाँडा मात्र देखिने दृश्य यति धेरै मनमोहक थियो कि जुन दृश्यमा सधैँ वसिरहूँ र वरपर नाचिरहूँ जस्तो लाग्थ्यो । वेसक्याम्पमा रहेका सबै होटलका छानामा र आँगनमा चारैतिर सेताम्मे हिउँ मात्र थियो जसले हामीलाई साँच्चिकै स्वर्गिय आनन्द दिलाएको थियो । चारैतिर हिउँमात्र टल्केको थियो, ठाउँ यति सुन्दर थियो कि विवाहको जग्गेमा बसेकी दुलही भन्दा पनि बढि श्रृङ्गारिएको थियो जुन श्रृङ्गार प्रकृतिले नै गरिदिएको थियो । दृश्य यति धेरै मनमोहक थियो कि हरेक नेपालीको दुःख र पीडालाई बिर्साउने खालको त्यसैले अन्नपूर्ण बेसक्याम्पमा हरेक नेपाली पुग्नैपर्ने ठाउँ रहेछ । सधैँजसो विदेशी पर्यटकको मात्र गन्तब्य बन्ने उक्त ठाँउमा हाम्रो दशजनाको नेपाली टोली पुग्दा त्याहाँको होटल सञ्चालकले हामीहरुलाई छुट्टै स्वागत गरेका थिए । सबैलाई अत्यन्त जाडो महसुस भैरहेको थियो तरपनि बरपरको मनमोहक र जिवनभर विर्सन नसकिने दृश्यले हामीलाई लोभ्यायो र कोठा बाहिर निस्कन बाध्य गरायो । त्यसैले सबैजना बाहिर गएर मनमोहक र लोभलाग्दो दृश्यलाई क्यामरामा कैद गरि कोठामा फर्कियौँ । निकै जाडो र केहि भोक लागेकोले झोलामा रहेको चाउचाउ झिकेर पकाउन दियौँ र चाउचाउको तातो सुप खाएर सिरक ओढेर कोठाभित्र बस्यौँ । सबैलाई चिसोले गर्दा टाउको दुख्न र ज्वरो आउन थालेको थियो त्यसैले डर लागिरहेको थियो कतै लेक लाग्ने त होइन भनेर त्यसैले झोलाबाट अदुवा र लसुन झिकेर फेरि चपाउन थाल्यौँ । केहि समय पछि बिस्तारै ठिक हुदै गयो तर मोटे मित्रलाई भने अलि बढि नै अप्ठ्यारो महसुस भैरहेको थियो । केहि क्षणमा खाना खाने बेला भयो तर हामीले त्यो दिन खाना नखाने तर पिज्जा र लसुनको सुप खाने निधो ग¥यौँ । केहि क्षणमा नै हाम्रो लागि पिज्जा र लसुनको सुप तयार भयो अनि सवैजनाले खायौँ तर प्रमोदजीको टाउको दुखेकोले धेरै खानुभएन । अनि हामी सुत्ने तरखरमा लाग्यौँ त्यतिबेला साँझको सात बजेको थियो । २ थर्मस तातो पानी किनेर ल्यायौँ र सबैले पियौँ बाहिर निकै चिसो थियो कोठाभित्र सिरक ओढेर बसिरहँदा न्यानोपनले निद्रा लागेछ । झ्याल ढोका सबै बन्द गरि हामी ६ जना पुरुष साथीहरु एउटै कोठामा सुतिरहेको थियौँ त्यसैले राति निकै गर्मी भएछ अनि तेजनारायण पराजुली ब्यूँझिनुभयो जुन बेला यो मलाई पनि निन्द्रा नलागेर टुलुटुलु हेरिरहेको थिएँ त्यति बेला घडीमा रातको ११ बजेको थियो । बिस्तारै सबैजना ब्यूँझिए, यतिबेला भने प्रमोदजीलाई ठीक भैसकेको थियो । अक्सिजनको कमिले सबैलाई सास फेर्न पनि निकै कठिन भैरहेको थियो अनि चिसो भएपनि कोठाको अगाडी पट्टिको झ्याल खोलेर सुत्यौँ तर पछाडीको झ्यालमा भने झ्यालमै हिउँको थुप्रो थियो । सबैलाई तिर्खा लागेकोले तातो पानी पिएर फेरि सुत्यौँ । १२ घण्टाको रातलाई बल्लबल्ल कटायौँ र बिहान ६ बजे सबैजना उठ्यौँ । त्यतिबेला सबैलाई १२ घण्टको रात पनि २४ घण्टा जस्तो लागेको थियो । बाहिर सबै विदेशी पर्यटकहरु हिउँमा रमाउँदै फोटो खिच्दै थिए त्यसैक्रममा हामीहरु पनि स्वर्गीय आनन्द लिँदै बिहानको चिसो मौसम भएपनि धित मरुन्जेलका दृश्यहरु आउने गरि फोटो खिच्यौँ जुन समय थियो चिसो हावा चलिरहेको, भर्खर घाम झुल्कन लागेको, चारैतिर हिउँले भरिएको हिमाल र बिचमा चाहीँ सम्मो परेको ठाउँ निकै रमणिय र आनन्दपूर्ण थियो । बेसक्याम्प बाट छुट्टिने मन नहुँदा नहुँदै पनि केहि समयपछि हामीहरु स्वर्गबाट खसेको त्यो स्वप्नशिल ठाउँबाट बिस्तारै ओरालो लाग्यौँ । त्यतिबेला बिहानको साढे सात बजेको थियो भने बिहानको तेजिलो घामको न्यानोपनले हामीलाई थप आनन्द दिलाउँदै थियो । हिउँमा खेल्दै, रमाइलो गर्दै, हरेक दृश्यलाई क्यामरामा कैद गर्दै र जीवनमा साँच्चिकै आनन्द लिँदै हामी बिहान नौ बजे माछापुच्छे« बेसक्याम्प आइपुग्यौँ । केहि समयको आराम पछि तातो पानी पिएर फेरि यात्रा शुरु ग¥यौँ ।

ओरालो र साँघुरो बाटो त्यसैमा पनि बाटोभरि हिउँ नै हिउँ भएकोले होसियारीसाथ हामी ओरालो झर्दै थियौँ तर हेमन्तजीलाई भने हिड्न निकै कठिन भएछ अनि तेजनारायण पराजुलीे र शारदा भण्डारीले हात समाएर हेमन्तजीलाई डो¥याउँदै चिप्लो बाटोबाट छुटकारा दिलाउनुभयो । बिभिन्न दृश्यको अबलोकन गर्दै दिउँसो साढे १ बजे दोभान भन्ने ठाउँमा पुगेर खाना खायौँ र पौने ३ बजे यात्रालाई निरन्तरता दियौँ । करिब साढे २ घण्टाको यात्रापछि हामी सिनुवा पुग्यौँ । त्यहि बस्ने वा छुम्रुङ्ग जाने भन्दा भन्दै हामी छुम्रुङ्ग जाने निर्णय ग¥यौँ त्यतिबेला साँझको ६ बजिसकेको थियो । हामी ओरालो लाग्यौँ केहि बेरमै रात पर्न शूरु भयो । बिस्तारै तल खोलामा पुग्यौँ जहाँ पुल तरेर जानु पर्ने थियो । जाने बेलामा सोहि पुलबाट गएको भएतापनि फर्कदा पुलमा आवतजावत गर्न बन्द गरिएको रहेछ किनकी भर्खरै बनेको नयाँ पुल भएकोले थप मर्मत कार्य बाँकी नै रहेछ ।

केहि तल काठको साँघु छ भन्ने थाहा पाएर फेरि खोलातिर लाग्यौँ तर साँघु भेटिएन सबैजना आत्तियौँ रात परिसकेकोले फर्केर फेरि सिनुवा जाने अबस्था पनि थिएन भने नजिकै होटल पनि थिएन । केहि बेरमा तेजनारायण पराजुली, प्रमोद गिरी र दुर्गा प्रसाद आचार्य मिलेर अझ तल गएर हेर्दा साँघु रहेछ अनि फोन गरेर बोलाउनुभयो त्यसपछि सबैजना काठको साँघुबाट खोला त¥यौँ । रातको समय, उकालो बाटो अनि सबैजना थाकिसकेकोले हिड्न निकै गाहो भैरहेको थियो तरपनि मोबाइलमा भएको लाइट बालेर विस्तारै बिस्तारै उकालो लाग्यौँ । करिब डेड घण्टाको उकालो हिडेपछि हामी रातको आठ बजे छुम्रुङ्ग पुग्यौँ । निकै नै थाकेकोले खाना खाएर १० बजे नै सुत्यौँ ।

भोलिपल्ट फागुन २९ गते बिहानै उठेर मुख धोएर ब्रेक फास्ट खायौँ र बिहान आठ बजे फेरि यात्रा शुरु गयौँ । करिब एक घण्टाको ओरालो झरेपछि झिनु भन्ने ठाउँमा पुग्यौँ । त्याहाँबाट फेरि आधा घण्टाको ओरालो झरेपछि तातोपानी पुग्यौँ । नुहाउन नपाएको पनि पाँच दिन भैसकेकोले तातोपानीमा नुहाएर करिब ४५ मिनेट तातोपानीमा डुब्यौँ र फेरि झिनुमा गएर खाना खाइ दिनको १ बजे यात्रा शुरु भयो किनकी जसरी पनि बेलुका घर पुग्नु थियो ।

कतै उकालो ओरालो बाटो त कतै सिधा बाटो, घाम चर्केकोले पसिना बगाउँदै, चिसो पानी पिउँदै, बिभिन्न रमाइला दृश्यहरुलाई आफ्नो क्यामरामा कैद गर्दै, बिभिन्न देशबाट घुम्न आएका विदेशी पर्यटकहरुसँग परिचय गर्दै करिब ३ घण्टाको यात्रापछि बल्ल जीप चल्ने ठाउँमा आइपुग्यौँ जुन ठाउँको नाम थियो सिउई । सिउइबाट साढे चार बजे जीप चढेर स्याउली बजार, बिरेठाँटी, नयाँपुल अनि उहि पोखरा बाग्लुङ्ग राजमार्ग हँुदै जीपभित्र पनि गीत गाउँदै, रमाइलो गर्दै करिब साँझ सात बजे पोखरा पुग्यौँ ।

यसरी पोखरा विश्वविद्यालयमा कार्यरत १० जनाको टीमले ६ दिनको यात्रा पुरा ग¥यौँ । सामान्य कठिनाई बाहेक यात्रा अबधिभर कसैको पनि स्वास्थ्यमा कुनै ठुलो कठिनाइ भएन । हामीले बिदेश भ्रमण होइन कि प्रकृतिको मनोरम भण्डारले भरिएको आफ्नै देश नेपालको भ्रमण र अबलोकन गर्नुपर्छ भन्ने मनसायले हामी अन्नपूर्ण बेसक्याम्प जाने निर्णय गरेको थियौँ ।

कहिलेकाहीँ कुनै समय र परिस्थितिका केहि महत्वपुर्ण पलहरुले मनिसको मन, मुटु र मस्तिष्क वरपर डेरा जमाउँछ । मानिसको जिवनमा बिर्सन नसकिने गरि कुनै पलले घरि घरि झक्झक्याउँछ जुन सम्बन्धित ब्याक्तिको वरिपरि सपनामा पनि स्मरण हुने गर्दछ त्यसैले आफ्नो जिबनको यो महत्वपुर्ण पदयात्राले यो पंक्तिकारलाई पलपलमा स्वर्गीय आनन्दको महसुस गराउनेछ । सबै दुःख र पीडा बिर्साएर साँच्चिकै स्वर्गीय आनन्द मिल्ने ठाउँ अन्नपूर्ण बेसक्याम्पको यात्रा गर्ने योजना बनाउने टोलीनेता तेजनारायण पराजुलीप्रति यो म आभारी छु ।

namastebbp1@yahoo.com अन्त्यमा यो पंक्तिकार मनमनै भगवानसँग प्राथना ग¥यो कि थुम्का थुम्का राखेजस्तो देखिने, संसार नै उज्यालो हुनेगरि टल्किरहेको सेतो हिमालको माला सृष्टिको अस्तित्व रहेसम्म विश्वमानचित्रमा रहिरहोस्, हाम्रा अनुज सन्ततीहरु नेपालका हरेक टापु टापु हिड्न पाउन् अनि तटतटमा यो मनोरम प्रकृतिको सुन्दरता स्पर्श गर्न पाउन् मेरो सतत् शुभकामना ।

lekhnath_article_1365661159bhanu.jpglekhnath_article_1365661159CIMG1072.JPGlekhnath_article_1365661159CIMG1103.JPG

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box