More Related Information

जन्ती बस दुर्घटनामा ४ जनाको मृत्यु
PDF Print E-mail

Sat, Mar 5th, 2016 :

बर्दिया-शनिबार राती १० बजे जन्तीबस दुर्घटनाहुदा ४ जनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्। बस दुर्घटनामा परी धधवार—७ बस्ने १७ बर्षिय विष्णु थारु, १९बर्षिय सन्तोष थारु, १९ बर्षिय निरज थारु १४ बर्षिय अरुण थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
बेहुली लिएर धधवार औरीजुट्टाबाट बबई नगरपालिकाको साइपुर फर्कने क्रममा जन्ती बस दुर्घटना भएको हो। बसमा ३० जना जन्ती सवार थिए । घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको नायव उपरिक्षक नेत्रमणी गिरिले बताए । उनका अनुसार बेहुला र बेहुली छुट्टै गाडीमा भएकाले सकुशल छन्।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box