More Related Information

नाकाबन्दीको प्रभाव साधुसन्तलाई
PDF Print E-mail

Sat, Mar 5th, 2016 :

विगत वर्ष महाशिवरात्रि पर्वको केही दिनअघि देखि नै पाशुपत क्षेत्रमा देशीविदेशी साधुसन्त र नागाबाबाको चहल पहल बढ्थ्यो ।

यसपालि भने पर्व संघारमै आइपुग्दा पनि उनीको उपस्थित न्यून भएको छ । भोली सोमबार मनाइने महाशिवरात्री पर्वका लागि साधुहरुको उपस्थिति उत्साहजनक नदेखिएको पशुपति विकास कोषले जनाएको छ ।

 

शिवरात्री पर्व व्यवस्थापन तयारीबारे जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा कोषका निर्देशक रमेश उप्रेतीले यस वर्ष साधुसन्तको उपस्थिति घटेको बताए ।

साधुसन्तहरु भारतबाट आउने गरेकोमा यस वर्ष नाकाबन्दी र नेपालको नकारात्मक प्रचारले साधुहरु आउन नसेकेको उनको भनाइ छ ।

शिवरात्रिअघिको एकादशी नागाबाबाहरु मन्दिर प्रवेश गर्ने क्रममा उनीहरु ५१ जना मात्र थिए । विगतमा एक सय हाराहारी बाबा मन्दिर प्रवेश गर्थे । नागरिक दैनिकमा खबर छ ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box