More Related Information

इराकको मोसुल बाँध फुट्ने खतरा, १५ लाख मानिसको ज्यान खतरामा
PDF Print E-mail

Wed, Mar 2nd, 2016 :

इराकको मोसुलमा रहेको बाँध फुट्ने खतरा बढ्दै गएको बग्दादमा  रहेको अमेरिकी दूतावासले दावी गरेको छ ।  जसका कारण लाखौं मानिस बाढीको जोखिममा रहेको भन्दै अमेरिकी दूतावासले चेतावनी दिएको छ । मोसुल बाँध फुटेमा १५ लाख भन्दा धेरै मानिस प्रभावित हुने र त्यसका कारण धेरैको ज्यान जान सक्ने खतरा छ । सन् २०१४ मा ११ दिन बाँधमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले कब्जाजमाएको थियो । यसका कारण मर्मतको काम हुन सकेको थिएन ।
बाँध फुटेमा टिगरिस नदीको आसपासमा बसोबास गर्दै आएका १५ लाख भन्दा धेरै मानिस प्रभावित हुने र बाढीका कारा उनीहरुको ज्यान जान सक्ने दूतावासले चेतावनी दिएको छ । मोसुल तथा टिकरिटका बासिन्दालाई सुरक्षित रहनका लागि लागि ६ किलोमिटर पर जानु पर्ने सरकारी अधिकारीको भनाई छ । मोसुल बाँधको विषयमा यो अहिलेसम्मकै गम्भीर चेतावनी हो । जोखिममा रहेको क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा नलगे गम्भीर मानवीय क्षति हुने अमेरिकी दूतावासको भनाई छ । दूतावासको चेतावनी पछि इराकी प्रधानमन्त्री हैदर अल अबादीले सुरक्षात्मक उपाय अपनाइएको र अहिले कुनै गम्भीर किसिमको खतरा नरहेको बताउनुभएको भएको छ । सन् १९८४ मा निमार्ण भएको मोसुल बाँध इराकको सबैभन्दा ठूलो बाँध हो । तर निर्माण भएदेखि नै यसमा केही कमजोरी रहेको बताउने गरिएको छ ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box