More Related Information

यस्तो बन्यो ‘नाई नभन्नु ल ४’ को शिर्ष गीत(भिडियो)
PDF Print E-mail

Wed, Mar 2nd, 2016 :

चैत्र २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ४’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

विकास आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष गीतमा पल शाह र बर्षा राउतलाई देख्न सकिन्छ । म्यूजिक भिडियोमा चम्केका यी दुई  जोडीले चलचित्रबाट भने कस्तो प्रतिक्रिया पाउने हुन्, चलचित्र रिलिज भएपछि थाहा हुनेछ ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/lCgehggjOOQ" frameborder="0" allowfullscreen></iframe>

चलचित्रमा पि्रयंका कार्की, अनुभव रेग्मी, आँचल शर्मा मुख्य भूमिकामा छन् । चलचित्रको शिर्ष गीतमा राजेश पायल राई र रजिना रिमालको स्वर, बसन्त सापकोटाको संगीत, वसन्त सापकाेटाको शब्द छ ।

दीनेश पोख्रेल र हरिवोल भण्डारीले निर्माण गरेको यो चलचित्र पुरुषोत्तम प्रधानको छायांकन छ । अघिल्ला ३ सिरिज हिट भएको यो चलचित्रको चौथो सिरिज अझ बुलन्द बनेको निर्देशकको दाबी छ ।

 

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box