More Related Information

श्रद्धा कपुरका दस कुरा
PDF Print E-mail

Fri, Jun 26th, 2015 :

मुम्बई, असार १२- ‘आशिकी २’, ‘हैदर’, ‘एक भिलेन’ पछि अहिले ‘एबीसीडी–२’ ले पनि सफलता पाएपछि श्रद्धा कपुर अहिले बलिउडकी हिट हिरोइन बनेकी छन् । आलिया भट्ट र परिनिति चोपडासँगै श्रद्धालाई नयाँ पुस्ताकी संभावित सुपरस्टार मानिन्छ । सफल भए पनि श्रद्धाका बारे आलिया जति चर्चा भएको सुनिदैन । उनका बारे बलिउडहंगामाले तयार पारेका १० तथ्यहरु :

lekhnath_entertainment_1435376058Shraddha-kapoor-celebrity-profile.jpg

 

१. श्रद्धा गायकहरुको परिवारबाट आएकी हुन् । उनी लता मंगेशकरको नातेदार पनि हुन् । संयोगले श्रद्धाले ‘आसिकी २’ मा लता मंगेशकरकी भक्त गायिकाको भूमिकामा अभिनय गरिन् ।

२. उनको बलिउड प्रवेश भने सुखद् थिएन । पहिलो फिल्म ‘तीन पत्ती’ असफल भएपछि उनी केही फिल्मबाट निकालिएकी थिइन् । त्यसमा एउटा फिल्म थियो, संजय भन्सालीको ‘माई फ्रेन्ड पिन्टो’ थियो । प्रतीक बब्बरको सिफारिसमा श्रद्धालाई फिल्ममा लिइएको थियो । पछि त्यो भूमिकामा कल्की कोचलिन आइन् ।

३. त्यसको केही वर्षपछि जब उनी सफल हिरोइन बनिन्, उनलाई भन्सालीको फिल्म ‘गब्बर इज ब्याक’मा लिइयो । तर, केही समयमा नै उनले समय नमिलेको भन्दै फिल्म छोडिदिइन् । के त्यो उनको बदला थियो ?

४. ‘आसिकी २’ सँगै उनलाई श्रद्धालाई यशराज फिल्मस्को ‘औरंगजेब’ पनि अफर गरिएको थियो । उनले यशराजको सट्टा भट्ट क्याम्प रोजिन् । उनले छोडेको यो भूमिकामा सलमा आगाकी छोरी सासा आगाले अभिनय गरिन् । यो फिल्म पूरै डुब्यो, आसिकी हिट भयो र श्रद्धा स्टार बनिन् ।

५. उनको आसिकीका हिरो आदित्य रोय कपुरसँग अफेयर चलेको समाचार निकै आए पनि यी दुवैले यो कुरालाई कहिल्यै स्वीकार गरेनन् ।

६. उनका पिता कलाकार शक्ति कपुर र आमा सिवांगी उनलाई धेरै पढाउन चाहन्थे । तर, श्रद्धा पहिलेदेखि नै हिरोइन बन्ने कुरामा दृढ थिइन् ।

. श्रद्धा सबभन्दा बढी आफ्नो भाई सिदार्थसँग नजिक छन् । भाईको करिअर गतिलो बन्न नसकेकोमा उनी साहै्र चिन्तित पनि छन् । मनिषा कोइराला, अमिषा पटेल र सोनाक्षी सिन्हाजस्तै उनको पनि दिदी सफल, भाई असफल भइरहेका छन् ।

८. श्रद्धाका दुई हिट फिल्म ‘आसिकी २’ र ‘एक भिलेन’का निर्देशक मोहित सुरीको नयाँ फिल्म ‘हमारी अधुरी कहानी’मा आफ्नो सट्टा विद्या बालानलाई लिइदा श्रद्धा दुखी थिइन् । तर, यो फिल्मले खासै सफलता पाएन ।

९. श्रद्धाले करण जौहरका दुई फिल्म ‘गोरी तेरे प्यारमे’ र ‘उग्ली’मा गेस्ट रोल गरिन् । यी दुवै फिल्म फ्ल्प भए । सायद, उनले जौहरको अर्को फिल्ममा ठूलो भूमिका पाउने आशमा सानो भूमिका गरेकी थिइन् । कट्रिना कैफले पनि जौहरको फिल्म ‘अग्नीपथ’मा आइटम डान्स गरेकी थिइन् तर कुनै ठूलो भूमिका पाइनन् ।

१०. नयाँ फिल्म ‘एबीसीडी–२’मा श्रद्धाले डान्स स्टेप सिक्न निकै मेहनत गरिन् । उनी थुप्रैपटक घाइते पनि भइन् । तैपनि, हार मानिनन् र वरुण धवनको ‘म्याच’ हुने डान्स गरिन् ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box