More Related Information

आर्थिक वृद्दिमा चीनलाई जित्दै भारत
PDF Print E-mail

Wed, Apr 15th, 2015 :

एजेन्सी – भारतको अर्थतन्त्र यस वर्ष र आउँदो वर्ष निकै द्रूत गतिले अगाडि बढी यसले आउँदो वर्ष प्रतिद्वन्द्वी चीनको आर्थिक वृद्दिरको गतिलाई समेत उछिन्ने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसका लागि तेलको मूल्यमा आएको कमी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लिएको सुधारको अभियानलाई प्रमुख कारणको रुपमा लिइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्नो विश्वको आर्थिक परिदृष्य नामक प्रतिवेदनमा एसियाको तेस्रो स्थानको अर्थतन्त्र सन् २०१५ मा ७.५ प्रतिशतले बढ्ने र आउँदो वर्ष सोही प्रतिशतमा कायम रहने अनुमान गरेको छ । यस संस्थाले जनवरी महिनामा भारतको अर्थतन्त्र सन् २०१५ ६.३ प्रतिशतले वृद्दि हुने अनुमान गरेको थियो । यसअघि यस संस्थाले सन् २०१६ का लागि भारतको वृद्दि अनुमान ६.५ प्रतिशत गरेको थियो । कोषका अनुसार हालै गरिएको सुधारबाट भारतको आर्थिक वृद्दिमा फाइदा पुग्नेछ र त्यसका कारण लगानी बढ्नेछ । यसैगरी तेलको मूल्य घट्दा पनि यसको अर्थतन्त्रमा फाइदा पुगेको बताइएको छ । 

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box