More Related Information

छविसँग बिहेको हल्ला फिलिम चलाउने स्क्याण्डल मात्र : शिल्पा पोखरेल
PDF Print E-mail

Fri, Apr 3rd, 2015 :

काठमाडौं, चैत २० – नायिका शिल्पा पोखरेलले चलचित्र लज्जाको प्रदर्शनताका निर्माता छवि ओझाले आफूलाई विवाहको प्रस्ताव राखेको कुरा केबल चलचित्र चलाउनको लागि गरिएको फण्डा मात्र भएको बताएकी छन् । ‘यहाँ हरेक चलचित्र चलाउन केही न केही फण्डा अपनाउने गरिन्छ’ नायिका पाखरेलले भनिन् ‘दर्शक पनि आजकल सकारात्मक भन्दा नकारात्मक हल्लामा बढी चासो दिनुहुन्छ र यसले कहिलेकाहीँ चलचित्रको प्रदर्शनमा फाइदा पुर्याउने गर्दछ । छवि जी र मेरो विवाहको हल्ला पनि त्यसैको एउटा नमुना मात्र हो ।’ 

lekhnath_entertainment_1428036487silpa pokhrel.jpg


पोखरेलले भनिन् ‘उहाँ मेरो अभिभावक समान हुनुहुन्छ, बुबाको उमेरको हुनुहुन्छ, आदरणीय हुनुहुन्छ, उहाँसँग मेरो विवाह त हुनै सक्दैन  नि ।’ हवल्दार सुन्तलीको बारेमा नायिका पोखरेलले भनिन् ‘यो एउटा सत्य घटनामा आधार रहेर बनाइएको चलचित्र हो,  त्यसैले यसलाई फण्डाको जरुरी छैन ।’ 

lekhnath_entertainment_1428036487silpa.jpg


आफ्नै सहकर्मीबाट बलात्कृत भएकी सुन्तली धामीको घटनालाई आधार बनाएर निर्माण गरिएको चलचित्र हवल्दार सुन्तलीको शीर्ष भूमिका शिल्पाले निभाएकी छन् । तर नायिका पोखरेलले भने सुन्तली धामीलाई भेटेकी छैनन् । छायाँकनको समय अभावका कारण भेट्न नपाएपनि निर्देशक ऋषि लामिछानेको निर्देशनका आधारमै आफूले चरित्रलाई न्याय गरेको कुरा उनी ढुक्क साथ बताउँछिन् ।    

छविराज प्रोडक्सनमा बनेको चलचित्र हवल्दार सुन्तली चैत २७ गतेदेखि देशभर  प्रदर्शन हुँदैछ । जसमा शिल्पाको साथमा किशोर खतिवडा, सवीन श्रेष्ठ, नागेन्द्र रिजाल लगायतका कलाकारको अभिनय रहेको छ ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box