More Related Information

गुगलले ल्यायो ‘पेनड्राइभ कम्प्युटर’, मूल्य १० हजार रुपैयाँ
PDF Print E-mail

Thu, Apr 2nd, 2015 :

अब कम्प्युटर किन्दा ठूलो र महंगो सिपियु किन्न आवश्यक पर्नेछैन, एउटा पेनड्राइभ किने पुग्छ । घरमा लगेर टिभी वा मोनिटरमा जोडेर त्यसलाई कम्प्युटर बनाउन सकिने छ ।

lekhnath_technology_1427951966Google-Chromebit-1.jpg

इन्टरनेट बादशाह गुगल र ताइवानी कम्पनी एसस मिलेर पेनड्राइभ जस्तो एउटा यस्तो उपकरण ल्याउँदैछन् जसले कुनै पनि डिस्प्लेलाई पर्सनल कम्प्युटर बनाइदिन्छ ।‘कम्प्युटर अन स्टिक’ अर्थात् लठ्ठीमै कम्प्युटर भनिएको ‘एसस क्रोमबिट’ नामक उक्त उपकरण यो वर्षको मध्य अर्थात् जुन महिनासम्ममा सस्तो मूल्यमै बजारमा उपलब्ध हुनेछ ।<br>गुगलले आफ्नो व्लग पोष्टमा भनेको छ, ‘क्यान्डी बारभन्दा सानो क्रोमबिट पूर्ण कम्प्युटर हो, जुन १ सय डलर (१० हजार रुपैयाँ) भन्दा कम मूल्यमा उपलब्ध हुनेछ ।’

lekhnath_technology_1427951966Google-Chromebit-2.jpg

 

lekhnath_technology_1427951966Google-Chromebit-3.jpg

गुगलले भनेको छ, ‘यो डिभाइसलाई कुनै डिस्प्लेमा जोडेर तपाइँले त्यसलाई कम्प्युटरमा बदल्न सक्नुहुन्छ । तपाइँसग भएको डेक्स्टप कम्प्युटरको यो पूर्ण स्तरोन्नती हो र यो स्कुल तथा व्यवसायका लागि साँच्चीकै उपयोगी हुनेछ ।’क्रोम अपरेटिङ सिस्टमयुक्त यो फुच्चे कम्प्युटरमा दुई जिबी इन्टर्नल मेमोरी तथा १६ जिबी स्टोरेज क्षमता रहेको छ । यसमा एआरएम प्रोसेसर रहेको हुँदा चलाउँदा नतात्ने तथा कम उर्जा खपत हुन्छ ।गुगलले सस्तो मूल्यका कम्प्युटरको बजार रहेको बिकाशील मुलुकहरुलाई लक्षित गरि यसको मूल्य निर्धारण गरेको छ । धेरै उर्जा खपत हुने, ओसारपसारका लागि समेत समस्या हुने परम्परागत ठूला कम्प्युटर सीपीयुभन्दा यो कम्प्युटर निकै उपयोगी हुने गुगलको बिश्वास छ । उसले अन्य उत्पादकसँग पनि मिलेर क्रोमबिटको उत्पादनलाई ब्यापक बनाउने योजना बनाइरहेको छ ।

lekhnath_technology_1427951966Google-Chromebit-4.jpg

 

lekhnath_technology_1427951966hisense-chromebook_678x452.jpg

अहिलेसम्मकै सस्तो ल्यापटप !

 

यसैवीच गुगलले चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हायर र हिसेन्स सँगको सहकार्यमा उत्पादन गरिएको अहिलेसम्मकै सस्तो क्रोमबुक ल्यापटपको समेत घोषणा गरेको छ । जसको मूल्य १४९ अमेरिकी डलर रहने बताइएको छ । यो ल्यापटपमा ११.६ इन्चको डिस्प्ले रहेको छ ।

गुगलले यसअघि एसर, लेनोभो, डेल तथा एलजीसँगको सहकार्यमा क्रोमबुक उत्पादन गरिसकेको छ ।f

Total : 1 comments

Kevrel wrote on 2015-08-07,
A piece of eroiitdun unlike any other!

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box