More Related Information

सबैभन्दा राम्रो डिजाइन दाबी गरिएको ह्युआईका नयाँ मोबाइल नेपाली बजारमा
PDF Print E-mail

Wed, Dec 3rd, 2014 :

 मंसीर १७– सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा नै स्थापित कम्पनी ह्युआईले वर्षकै सर्वाधिक लोकप्रिय स्मार्ट फोन ह्वावे अनर होली, एस्सेण्ड मेट ७ सहितको अनर ६ र एस्सेण्ड वाई ५२० नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।

lekhnath_technology_1417591516huawei-products-2.jpg

 

कम्पनीले नेपाली बजारमा बिक्री शुरु गरेको ह्वावे अनर होलीमा एण्ड्रोइड ४.४.२ किटक्याट, १६ जिबी आन्तरिक मेमोरी, १ जिबी ¥याम, २९४ पिपिआई पिक्सेल घनत्वको ५ इन्चको एचडि डिस्प्ले तथा, ८ मेगापिक्सल स्वचालित क्यामरा लगायतका अन्य आधुनिक नवीनतम प्रविधि रहेको छ । यसको बजार मुल्य १३ हजार नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । अनर होली हाल नेपाली बजारमा उपलब्ध मध्ये सबैभन्दा राम्रो डिजाइनको सेट भएको कम्पनीको दाबी छ ।
त्यस्तै ह्वावे अनर ६ तीव्र गतिको हिसलिकन किरिन ९२० मा १.७ गेगाहर्ज क्षमताको प्रोसेसर रहेको छ, अनर ६ मा ३ जिबी ¥याम र १६ जिबी रोम रहेको छ भनें ५ इन्चको विशाल एचडि स्क्रिन, फ्ल्यास र स्वतः केन्द्रित एवं किट्क्याट ४.४.२ संचालन प्राणाली सहितको अग्र भागमा ५.० मेगापिक्सल र पृष्ठमा १३.० मेगापिक्सल बिएसटि दोहोरो प्रणालीको क्यामरा पनि जडित छ । यूरोप र अन्य मुलुकहरुमा समेत पुरस्कृत भएको यो मोवाइललाई नेपालमा ३७ हजार नौ सय ९९ रुपैयाँमा खरीद गर्न सकिने कम्पनीले जनाएको छ ।

 

एस्सेण्ड सिरिजको ह्वावे एस्सेण्ड मेट ७ मा पातलो धातुबाट बनेको ६ इन्चको एफएचडि स्क्रिन सहित १.८ गेगाहर्जको किरिन चिपसेट, २ जिबी ¥याम र १६ जिबीको आन्तरिक मेमोरी सहितको प्रविधि रहेको कम्पनीले जनाएको छ । मेट ७ को पृष्ठभागमा औंलाको एक स्पर्शले नै फोनलाई सजिलै अनलक गर्न सकिने कम्पनीले जनाएको छ । साथै स्मार्ट फोनको लागि अन्य बायोमेट्रिक सुरक्षा र अन्य कुनै बटनहरु दबाउन नपर्ने वा अनलकको आवश्यकता नपर्ने प्रविधिको प्रयोग गरिएको छ । मेट ७ पछाडी भागमा १३ मेगापिक्सल बिएसआई र अगाडी भागमा ५ मेगा पिक्सल क्षमताको क्यामरा जडित छ जुन भिडियो कलिङ्गको लागि पनि विस्तार गर्न सकिन्छ । ह्वावे एस्सेण्ड मेट ७ सीमित सुविधाहरुका लागि ५९ हजार नौ सय ९९ र गोल्ड डिजाइनको मूल्य ६९ हजार नौ सस ९९ रुपैयाँ रहेको छ ।

 

ह्वावे एस्सेण्ड वाई ५२० कम्पनीले नेपाली बजारमा उतारेको अर्काे आकर्षक मोबाइल फोन हो । वाई ५२० मा १.२ गेगाहर्जको दोहोरो प्रोसेसर र ५१२ एमबि ¥याम रहेको छ । यसको पृष्ठभागमा ५ मेगापिक्सल क्यामरा छ र यो माइक्रो एसडि कार्ड र ४ जिबी आन्तरिक मेमोरीका साथ उपलब्ध रहेको छ । साथै यसमा १७३० एमएएच ब्याट्री तथा ४.५ इन्च एलसिडि डिस्प्ले सहित ४८०× ८५४ पिक्सलको गतियुक्त एण्ड्रोइड ४.४ किटक्याट रहेको छ । यसको बजार मुल्य १०हजार नौ सय ९९ कायम गरिएको छ ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box