More Related Information

अमेजनमा बिक्री भैरहेको हिन्दू देवी-देवताको फोटो भएको लेगिङमाथि विवाद
PDF Print E-mail

Wed, Oct 15th, 2014 :

 

lekhnath_inews_1413354548ganu.jpg

काठमाडौं, चर्चित ई-कमर्स कम्पनी अमेजन विवादमा फसेको छ । अमेजनको वेबसाइटमा बिक्रीका लागी उपलब्ध हिन्दू देवी-देवताहरूको तश्विरहरू भएको महिलाहरूले लगाउने लेगिङलाइ लिएर अहिले हंगामा भएको छ । अमेजनमा बिकिरहेको लेगिङलाइ यिजम ब्रेन्डले तयार गरेका हुन । र यसको मूल्य करिब ४ हजार ८ सय रहेको छ । यी कपडाहरूमा गणेश, शिव, ब्रह्मा, हनुमान, राम, राधाकृष्ण आदिको तश्विर छापिएको छ । यस मामलापछ कतिपय हिन्दू धर्मावलम्बिहरूले अमेजनलाइ ईमेल गरेर यस्तो लेगिङको बिक्रीमाथि रोक लगाउनका लागी माग गरेका छन । यूनिभर्सल सोसाइटी अफ हिन्दुइज्मले यस मामलामाथि आपत्ति जनाउँदै हिन्दू देवी-देवताहरूको तस्विरहरू भएको कपडा कसैको खुट्टामा वा शरीरको तल्लो भागमा लगाउन नसकिने जनाएका छन । यूनिभर्सल सोसाइटी अफ हिन्दुइज्मका अध्यक्ष राजन जेडले अमेरिकाको नेवाडामा एक विञप्ती जारी गर्दै भनेको छ कि हिन्दू देवी-देवताहरूको मन्दिर तथा घरहरूमा पूजा-अर्चना गर्ने गरिन्छ । यस संगठनले अमेजन संग औपचारिक रूपमा माफि माग्नका लागी समेत माग गरेको छ । 

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box