More Related Information

इन्टेक्सले ल्यायो Aqua Slice स्मार्टफोन
PDF Print E-mail

Wed, Oct 8th, 2014 :

 

lekhnath_technology_1412747785intex.jpg

काठमाडौं, इन्टेक्सले एक्वा Y2 Pro सार्वजनिक गरेपछि अब आफ्नो नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ । Aqua Slice नामको यो स्मार्टफोन कम्पनीको वेबसाइटमा लिस्टिङ भैसकेको छ । यो फोनमा ४.५० इन्चको FWVGA IPS LCD डिस्प्ले रहेको छ । यस स्मार्ट फोनमा ४८०x८५४ पिक्सेलको रेज्योल्यूशन रहेको छ । १.३ गीगाहर्टजको प्रोसेसर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको यस फोनमा १ जीबीको र्याम राखिएको छ । यस फोनमा एन्ड्रोइड ४.४.२ अपरेटिङ सिस्टम राखिएको छ । ८ मेगापिक्सेलको रियर क्यामरा रहेको यस फोनमा १६५० एमएएचको ब्याटरी लगाइएको छ । यस फोनमा ८ जीबीको स्टोरेज रहेको छ । यस फोनको मूल्य लगभग १२ हजार ८ सय नेपाली रूपैयाँ पर्ने कम्पनीले जनाएको छ । यसको रियर क्यामरामा मल्टी एङ्गल भ्यू, प्यानोरामा, फेसब्यूटी, स्माइल शट, सेल्फ टाइम, ट्याब टू क्याप्टर र भ्वाइस क्याप्चर अप्शन पनि रहेका छन । यो फोन कालो र सेतो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

 

 

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box