More Related Information

स्वीट्जरल्याण्डलाइ पराजित गर्दै अर्जेन्टिना क्वाटर फाइनल प्रवेश
PDF Print E-mail

Wed, Jul 2nd, 2014 :

ब्राजिल, ब्राजिलमा जारी बिश्वकप फुटबल प्रतियोगितामा गएराती भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना क्वाटर फाइनलमा प्रवेश गरेको छ । उक्त खेलमा अर्जेन्टिनाले क्वार्टरफाईनल पुग्नका लागी स्वीट्जरल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको थियो । यस जीतका लागी एञ्जेल डि मारियाले खेलको अतिरिक्त समयमा गरेको गोल् नै निर्णायक गोल बनेको थियो । उक्त खेलमा अतिरिक्त समयको खेल सकिन २ मिनेट बाँकी रहँदा कप्तान लियोनेल मेसीको क्रस पासमा डि मारियाले सुन्दर गोल गरेका थिए ।

lekhnath_sports_1404280241arg.jpg

स्वीट्जरल्याण्डका ब्लेरिम जिमालीको नजिकैबाट गरेको हेडर पोष्टमा लागेर फर्कियो । यस खेलमा उसले निकै प्रहार गरेपनि त्यो सफल हुन सकेन । यस प्रतियोगितामा ६४ प्रतिशत बल होल्ड गरेपनि खेल अवधिभर अर्जेन्टिनालाई स्वीस टोलीले निकै दबाब दिएको थियो । अब प्रतियोगितामा क्वाटर फाइनल खेलहरू हुनेछन, जस अनुसार पहिलो खेलमा फ्रान्स र जर्मनी आगामी शुक्रबार राती पौने १० बजे भिड्नेछन भने दोश्रो खेल शुक्रबार राती पौने २ बजे हुनेछ । यस खेलमा ब्राजिल र कोलम्बिया आमने सामने हुनेछन । त्यसैगरि शनिबार राती पौने १० बजे अर्जेन्टिना र बेल्जियम भिड्नेछन भने शनिबारै राती पौने २ बजे नेदरल्याण्ड्स र कोष्टारिकाका बिचमा प्रतिस्पर्धा हुने छ ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box