More Related Information

क्रोएसियासँग हारेपछि क्यामरुन बाहिरियो
PDF Print E-mail

Thu, Jun 19th, 2014 :

असार ५ – क्रोएसियासँग पराजित भएपछि क्यामरुन विश्वकप फुटवलको पहिलो चरणबाटै बाहिरिएको छ । बिहीबार विहान सकिएको खेलमा क्रोएसियासंग ४–० ले हारेपछि लगातार दुई खेल हारेर क्यामरुन यो विश्वकपको समूह चरणबाटै वाहिरिने तेश्रो टीम बन्यो । उसले अघिल्लो खेलमा मेक्सिकोसँग १–० ले हारेको थियो ।

lekhnath_sports_140315696410455922_904763542872827_7925521424874186928_n.jpg

पहिलो हाफसम्म १–० को अग्रता लिएको क्रोएशियाले दोश्रो हाफमा ३ गोल थप्यो । सवैभन्दा भरपर्दा स्टाइकर स्यामुएल इटो विनै मैदान उत्रेको क्यामरुनलाई ४० औं मिनेटमा सङ् ले रातो कार्ड पाएपछि अर्को झड्का लागेको थियो ।

lekhnath_sports_14031569642376849_big-lnd.jpg

क्रोएसियालाई जिताउन मारियो म्यान्जुकिकले २ तथा पेरिसिक र ओलिकले एक एक गोल गरे । युरोपियन क्लब फुटवलको अनुभवी खेलाडीले भरिएको क्रोएशियामाथि क्यामरुनले दबाब दिन सकेन । समूह चरणको पहिलो खेलमा ब्राजिलसँग पराजित भएको क्रोएशियाले दोश्रो खेलमा जित हासिल गर्दै नक आउट चरण प्रवेश गर्ने संभावना कायमै राखेको छ ।

lekhnath_sports_14031569642376742_big-lnd.jpg

समुह ए मा ब्राजिल र मेक्सिकोको समान चार चार अंक छ भने क्रोएशियाको ३ अंक भएको छ । सवैले एक एक खेल खेल्न बाँकी छ । अब ब्राजिलले क्यामरुनसंग र क्रोएशियाले मेक्सिकोसंग खेल्नेछ ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box