More Related Information

बिश्वकपमा नेदरल्याण्डको लगातार दोस्रो जीत
PDF Print E-mail

Thu, Jun 19th, 2014 :

lekhnath_sports_1403154930NEDAR.jpg

काठमाडौ‌, ब्राजिलमा जारी बिश्वकपमा अष्ट्रेलियालाई पराजित गर्दै अघिल्लो संस्करणको उपविजेता नेदरल्याण्डले विश्वकपम पुनः जित हात पारेको छ । यस प्रतियोगिताको २० औं मिनेटमा आर्जेन रोबेनको गोलबाट नेदरल्याण्डसले अग्रता लिएको थियो । तर १ मिनेट पनि वित्न नपाउँदै अष्ट्रेलियाका लागि टिम काहिलले बराबरी गोल गरेका थिए । उक्त खेलको ५४ औ मिनेटमा अष्ट्रेलियाले पेनाल्टी मार्फत पुनः दोस्रो गोल गर्दै खेलमा अग्रता लिएको थियो । अष्ट्रेलियाको लागि जेडिनाकले पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसपछि पुनः ४ मिनेट बित्न नपाउँदै फेरि नेदरल्याण्डसको लागि रोबिन भान पर्सीले आकर्षक गोल गर्दै खेललाई पुनः खेल बराबरीको स्थितिमा पुगेको थियो ।

अन्तत खेलको ६८ औं मिनेटमा हल्याण्डका लागि मेम्फिसले निर्णायक गोल गरेका थिए। आफ्नेा पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनविरुद्ध फराकिलो जित हात पारेको नेदरल्याण्डस विरुद्ध अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गरेपनि अंक भने खोस्न सकेन र प्रतियोगिता ३ –२ को स्थितिमा सकिएको थियो । यस अघिको पहिलो खेलमा चिलीसँग पराजित भएको अष्ट्रेलिया समूहमा अंक बिहीन रहेको छ । अब अष्ट्रेलियाले आफ्नो तेस्रो खेल स्पेनसँग खेल्दैछ । उता, नेदरल्याण्डसले चिलीको सामना गर्नेछ ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box