एसएलसीको रिजल्ट असार पहिलो हप्ता आउने
PDF Print E-mail

Thu, May 8th, 2014 :

भक्तपुर, वैशाख २५ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल असारको पहिलो हप्ता सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक बिवष्णुबहादुर द्धारेले परीक्षाफल प्रकाशित गर्नका लागि आवश्यक तयारी तीव्र पारिएको भन्दै असार पहिलोहप्ता परीक्षाफल सार्वजनिक हुने बताउनुभयो ।

कार्यालयले तोकेका ६४ वटा केन्द्रमा उत्तरपुस्तिका परीक्षण भएकोे जानकारी दिँदै उहाँले १२ जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भएर कार्यालयमा आइसकेको बताउनुभयो ।

परीक्षा नियन्त्रक द्वारेले उत्तरपुस्तिका परीक्षण कार्य धमाधम भइरहेको भन्दै १२ जिल्लाबाट परीक्षण सकेर उत्तरपुस्तिका कार्यालयमा आईसकेको छ र त्यसको सम्परीक्षण समेत सुरु भैसकेको जानकारी दिनुभयो ।

देशभरमा करिब ७५ प्रतिशत उत्तरपुस्तिका परीक्षण गर्ने काम भईसकेको भन्दै उहाँले जेठको पहिलो हप्तासम्ममा सबै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गर्ने काम सकिने बताउनुभयो ।

कार्यालयले उत्तरपुस्तिका परीक्षण गर्दा कुनै पनि त्रुटी नहोस भनेर परीक्षकहरुलाई तालिम दिएको जानकारी दिँदै उहाँले नियन्त्रक, उपनियन्त्रक, कार्यालयका अधिकृत समेतले सबै केन्द्रको अनुगमन समेत गरेकाले यसवर्ष त्रुटी नुहने दाबी गर्नुभयो । गतवर्ष भन्दा यसवर्ष एक हप्ता ढिलो परीक्षा सुरु भएपनि परीक्षाफल छिटो प्रकाशित गर्ने तयारीमा कार्यालय जुटेको उहाँको भनाइ छ ।

यसवर्ष एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना गरि कूल ५ लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिएका छन् ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box