अन्ततः स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली
PDF Print E-mail

Tue, Feb 11th, 2014 :

काठमाडौं, माघ २८ – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु गरेको छ ।

विद्यार्थी संगठनका माग पूरा गर्ने प्रतिबद्धतापछि त्रिविलाई सेमेस्टर प्रणाली लागु गर्न बाटो खुलेको हो ।

सोमबार विद्यार्थी संगठनबीच भएको छलफलमा सहमति भएपछि त्रिविले सेमेष्टर प्रणालीका लागि आजदेखि भर्ना फारम खुला गरेको छ । त्रिविका उपकुलपति हिराबहादुर महर्जनका अनुसार मंगलबारदेखि भर्ना र पढाइ थालिनेछ ।

शुल्क बढाएको भन्दै विद्यार्थी संगठनले विरोध जनाएपछि समयमै भर्ना प्रक्रिया र पढाइ हुन सकेको थिएन । हिजो भएको छलफलमा शुल्क बृद्धि नगर्ने, विद्यार्थीको स्वास्थ्य विमा वापत ५ सय लिने, सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने र विद्यार्थीको १२ बुँदे माग कार्यान्वयन गर्ने सम्झौता भएको थियो ।

यस्तै त्रिविले सर्वोत्कृष्ट अंक ल्याउने २ जनालाई प्रति महिना १५ सय रुपैयाँ दिने निर्णय पनि गरेको छ । सामुदायिक वा सरकारी विद्यालयमा पढेका दलित, जनजाती तथा मधेसी समुदायका विद्यार्थीका लागि भर्नामा २० प्रतिशत कोटा पनि छुट्टाईएको उपकुलपति महर्जनले जानकारी दिनुभयो ।

त्रिविले यो वर्ष केन्द्रीय विश्वविद्यालयमा मात्र सेमेष्टर प्रणाली लागु गरेपनि तीन वर्षभित्र सबै आंगिक क्याम्पसमा यो प्रणाली लागु गर्ने तयारी गरेको छ ।

Total : 3 comments

Maria wrote on 2014-04-03,
Such a deep anwers! GD&RVVF
Hassan wrote on 2014-04-03,
If you want to get read, this is how you shloud write. http://dswrgmoecrg.com [url=http://awgdmiizk.
Nicolas wrote on 2014-04-04,
If I coenamicutmd I could thank you enough for this, I'd be lying.

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box