शिक्षा प्रणाली फेर्दै त्रिवि, विरोधमा विद्यार्थी संगठन
PDF Print E-mail

Fri, Jan 24th, 2014 :

११ माघ, काठमाण्डौ । कक्षाकोठामा शिक्षक कराइरहेका, विद्यार्थी आफ्नै सुरतालमा हराइरहेका । कोही झ्यालबाहिर कान थापेर आमसभाको भाषण सुनेझैँ शिक्षकलाई सुनिरहेका, कोही छेवैको चौरमा घाम तापिरहेका ।

दृश्य हो-कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको जहाँ डेढ सय क्षमताका कक्षाकोठाले कम्तीमा दुई सय विद्यार्थी थेग्नुपर्छ, नअटाएका विद्यार्थी बाहिर झ्यालमा झुन्डिएर पढाएको सुनिरहेका हुन्छन् भने कति बरालिन बाध्य । साढे तीन् दशक यता त्रिविको पठनपाठन यसरी नै चलिरहेको छ ।

केन्द्रीय क्याम्पसको यो अस्तव्यवस्तता चिर्न त्रिविले यही वर्षबाट युरोपेली पद्धती वर्षे प्रणाली हटाएर अमेरिकी सिस्टमको सेमेस्टर पद्धती लागू गर्ने निर्णय लिएको छ तर विद्यार्थी संगठन यसविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

नेपाली शिक्षा प्रणलीमा पहिले प्रयोगमा आइसकेको सेमेस्टर सिस्टम ब्युँताउन खोज्दा क्याम्पस स्ववियु र विद्यार्थी संगठनहरुलाई किन टाउको दुखाई त ? केन्द्रीय क्याम्पसका एक विभागीय प्रमुख भन्छन्-सेमेस्टर प्रणाली सुरु हुनासाथ क्याम्पसलाई राजनीतिक मैदानका रुपमा उपयोग गर्नेहरुको खेल समाप्त हुन्छ । उनका अनुसार बर्षेप्रणालीमा जस्तो जोसुकैले भर्ना पाउने, शिक्षक र विद्यार्थी अनियमित हुने, राजनीतिक गतिविधिले पढाएई अबरुद्ध हुनेजस्ता गतिविधि बन्द हुन्छन् ।

गएको जेठमा पोखरामा सम्पन्न त्रिविसभाले यही फागुनदेखि सेमेस्टर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

Total : 0 comments

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box