More Related Information

बेसाहाराहरूको साहारा बनेकी आमा-दिल शोभा श्रेष्ठ
PDF Print E-mail

Sat, Jan 19th, 2013 :


परोपकार असल मानिसको पहिचान हो। अक्सर् मानिसहरू आफ्नो लगि जिएका हुन्छन् तर ईतिहासको पान्नामा स्वर्णिम अक्षरले ती मानिसहरूको मात्रै नाम् लेखिन्छ जो अरुको लागि बाचेको हुन्छ। हो जीवन बाच्नुको सार्थक्ता केबल परोपकार मा मात्र छ भन्ने दिल शोभा श्रेष्ठ नेपाली समाजकी प्रेरक ब्यक्तित्व हुन्। उनी भन्छिन, मरेपछी गर्ने श्राद्ध भन्दा बाचुन्जेल श्रद्धा गरौ। २००९ सालमा काठमाडौंको थानकोटस्थित नेवारी समुदायमा जन्मिएकी दिलशोभा श्रेष्ठ तीन छोरा र दुई छोरीमध्ये जेठी सन्तान हुन् ।उनको जीवनचक्र मार्मिक छ, त्यो सुन्दा कुनै रोचक उपन्यासको घटना र विषयजस्तो लाग्छ। आज बाटामा पसारो परेका वृद्धा र बालकहरूलाई आश्रय दिने दिलशोभा श्रेष्ठ कुनै समय जीवनको त्यस मोडमा उभिन पुगेकी थिइन्, जहाँबाट उनका लागि न पछि र्फकने ठाउँ थियो, न त अघि बढ्ने गन्तव्य नै। झर्झराउँदो बैँसमा सबैले प्रेम गर्छन्, दिलमायाले पनि गरनि्। तर, उनको प्रेमको नायक झूटो निस्िकयो। यो कुरा सुनाउँदा आज पनि उनको गह भरन्िछ। पतिले आफ्नो घर भनेर भाडाको घरमा भित्र्यायो, भाडाका सामानलाई आफ्नै भन्यो र अन्त्यमा पाटीको बास गरायो। यति मात्र होइन, त्यस पतिले खान नदिएर उनको बालक छोरालाई समेत कालको मुखमा पुर्यायो। त्यसमाथि सौता पनि हालिदियो। अर्कोपल्ट छोरी पाएपछि त पतिले छोडी नै दियो। यति सीमान्त अत्याचार बेहोरेपछि भने दिलशोभाको मनले विद्रोह गर्यो।

थानकोटको ठूलो कपडा व्यापारीकी छोरी थिइन् उनी। तर, पतिबाट परत्ियक्त भएपछि छोरी च्यापेर एक्लै रुँदै हिँड्न थालिन्। यसैबेला एक जना साथीले ८४ वर्षकी वृद्धासँग भेटाइदिइन्। ती वृद्धाको दारुण कथाले उनीभित्रको निस्सार र एक्लोपनलाई नै बिर्साइदियो। वृद्धा तीन धनाढ्य छोराहरूकी आमा भएर पनि टीठलाग्दो जीवन बाँचिरहेकी थिइन्। छोराहरू बेलाबेला कार फेरीफेरी भेट्नचाहिँ आउँथे तर आमालाई एउटा छिँडीको कोठामा बिजोग स्िथतिमा बाँच्न बाध्य पारेका थिए। उनको कोठामा पस्नासाथ नाक थुन्नुपथ्र्यो। बुढियाका दिसापिसाबले दुर्गन्धित छँदै थियो, लगाउने र ओछ्याउने कपडाहरूले कोठा सार्वजनिक शौचालयजस्तो भएको थियो। दिलशोभाले ती सारा कपडा धोइदिइन्। बुढियालाई नुहाइदिइन्, तेल लगाइदिइन् र केही दिनमै उनलाई तन्दुरूस्त बनाइन्। यसै घटनापछि उनी पति र परविारप्रेमबाट मोहभंग भई वृद्धाको सेवामा समर्पित हुन थालिन् । अनि, बाटोमा पसारो परेका महिलाहरूलाई खोजी-खोजी आश्रममा भित्र्याउन थालिन्।सुरुमा पाँच जना वृद्धाहरूबाट अगाडि बढाइन् उनले आश्रमको अवधारणालाई। नाम राखिन्, 'वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण केन्द्र गुठी -आमाको घर)'।

हालसम्म लगातार १४ वर्ष लामो सेवाका क्रममा करिब १ सय वृद्धा आमालाई स्याहार गरेको उनी बताउँछिन् । यसमध्ये केही आमाको मृत्यु भइसकेको छ ।अहिले त्यहाँ ३० वृद्धाहरू छन्। कोही पक्षाघातले थलिएका, कोही अन्धा, कोही बहिरा र कोही बलात्कृत। केही महिनायतादेखि उनले वृद्धाहरूसँगै ३० जना बालबालिकाहरूलाई पनि आश्रय दिएकी छन्, आफ्नो आश्रममा। काठमाडौँ, रविभवनको उकालोबाट दक्षिणतिर मुस्िकलले मोटरसाइकलसम्म पुग्ने एउटा गल्छेडोबाट पाँच मिनेट हिँडेपछि उनको आश्रममा पुगिन्छ। बाहिरबाट हेर्दा सामान्य परविार बस्नेजस्तो लागे पनि त्यस तीनतले घरभित्रका बासिन्दा सामान्य छैनन्। त्यहाँका कुनै पनि महिला या बालबालिकालाई भेटेपछि मन द्रवित हुन्छ। आफ्नै सन्तानबाट परत्ियक्त आमा र आफ्नै अभिभावकबाट बहिष्कृत नानीहरूको अनुहारमा वियोग र पीडाको प्रतिविम्ब देखेपछि कस्तै कठोर हृदय पनि एकपल्ट हल्लिन्छ। दिलशोभा ती बालबालिकाका मात्र होइन, आफूभन्दा तीन दशक बढी उमेर खाएका आमाहरूकी पनि आमा भएकी छन्। दिलशोभाको दिनचर्या यिनीहरूकै सेवाबाट सुरु हुन्छ। बिहान ४ बजे उठिसक्छिन्, पाँच जना पक्षाघात भएका आमाहरूलाई पहिला दिसापिसाब, नुहाइधुवाइ गरििदन्छिन्। त्यसपछि सबै वृद्धा र बालबालिकालाई चियानास्ता गराउँछिन्। यस काममा अलि कम उमेरका आमाहरूले साथ दिन्छन्। "काम गर्ने राख्न सकेकी छैन," भन्छिन्, "तिनीहरूलाई दिने तलबले एक जना आमाको मासिक खर्च चल्छ।"कसरी चलिरहेछ त उनको यो आश्रम? भन्छिन्, "छोरीज्वाइँको सहयोग नभए कहाँ सक्थेँ म एक्लैले यो चलाउन !" उनका छोरीज्वाइँ अमेरकिामा बस्छन्, तिनले खर्चस्वरूप उनलाई प्रतिमहिना २० हजार रुपियाँ पठाइदिन्छन्। कतिपय दानीहरूले अन्न, फलफूल र थोरबहुत नगद पनि दिन्छन्। यो उनको आफ्नै घर भएकाले बहाल तिर्नुपर्दैन। त्यसैले जेनतेन दिलशोभाको यो वृद्धाश्रम चलिरहेको छ। उनको यो सानो तीनतले घर अहिले साँघुरो भइसक्यो। त्यसैले अब आश्रममा बढ्दै गएको जनघनत्वलाई कसरी थेग्ने भन्नेमा उनी साह्रै चिन्तित छिन्।


Warning: getimagesize(photos/dilshova shr1.JPG): failed to open stream: No such file or directory in /home/lekhnath/public_html/pages/detail.php on line 205
dilshova shr1.JPG
हालसम्म लगातार १४ वर्ष लामो सेवाका क्रममा करिब १ सय वृद्धा आमालाई स्याहार गरेको उनी बताउँछिन् । यसमध्ये केही आमाको मृत्यु भइसकेको छ ।अहिले त्यहाँ ३० वृद्धाहरू छन्। कोही पक्षाघातले थलिएका, कोही अन्धा, कोही बहिरा र कोही बलात्कृत। केही महिनायतादेखि उनले वृद्धाहरूसँगै ३० जना बालबालिकाहरूलाई पनि आश्रय दिएकी छन्, आफ्नो आश्रममा। काठमाडौँ, रविभवनको उकालोबाट दक्षिणतिर मुस्िकलले मोटरसाइकलसम्म पुग्ने एउटा गल्छेडोबाट पाँच मिनेट हिँडेपछि उनको आश्रममा पुगिन्छ। बाहिरबाट हेर्दा सामान्य परविार बस्नेजस्तो लागे पनि त्यस तीनतले घरभित्रका बासिन्दा सामान्य छैनन्। त्यहाँका कुनै पनि महिला या बालबालिकालाई भेटेपछि मन द्रवित हुन्छ। आफ्नै सन्तानबाट परत्ियक्त आमा र आफ्नै अभिभावकबाट बहिष्कृत नानीहरूको अनुहारमा वियोग र पीडाको प्रतिविम्ब देखेपछि कस्तै कठोर हृदय पनि एकपल्ट हल्लिन्छ। दिलशोभा ती बालबालिकाका मात्र होइन, आफूभन्दा तीन दशक बढी उमेर खाएका आमाहरूकी पनि आमा भएकी छन्। दिलशोभाको दिनचर्या यिनीहरूकै सेवाबाट सुरु हुन्छ। बिहान ४ बजे उठिसक्छिन्, पाँच जना पक्षाघात भएका आमाहरूलाई पहिला दिसापिसाब, नुहाइधुवाइ गरििदन्छिन्। त्यसपछि सबै वृद्धा र बालबालिकालाई चियानास्ता गराउँछिन्। यस काममा अलि कम उमेरका आमाहरूले साथ दिन्छन्। "काम गर्ने राख्न सकेकी छैन," भन्छिन्, "तिनीहरूलाई दिने तलबले एक जना आमाको मासिक खर्च चल्छ।"कसरी चलिरहेछ त उनको यो आश्रम? भन्छिन्, "छोरीज्वाइँको सहयोग नभए कहाँ सक्थेँ म एक्लैले यो चलाउन !" उनका छोरीज्वाइँ अमेरकिामा बस्छन्, तिनले खर्चस्वरूप उनलाई प्रतिमहिना २० हजार रुपियाँ पठाइदिन्छन्। कतिपय दानीहरूले अन्न, फलफूल र थोरबहुत नगद पनि दिन्छन्। यो उनको आफ्नै घर भएकाले बहाल तिर्नुपर्दैन। त्यसैले जेनतेन दिलशोभाको यो वृद्धाश्रम चलिरहेको छ। उनको यो सानो तीनतले घर अहिले साँघुरो भइसक्यो। त्यसैले अब आश्रममा बढ्दै गएको जनघनत्वलाई कसरी थेग्ने भन्नेमा उनी साह्रै चिन्तित छिन्।

' />

जीवनका कहालीलाग्दा दिनहरूमा समेत हरेस नखाएकी उनले यस आश्रममार्फत प्रशस्त बाँच्ने आधार पाएकी छन्। त्यसैले उनी यिनै वृद्धा र बालबालिकाको अनुहारमा झुल्किने खुसीमा आफ्नो सम्पूर्ण जीवनको उज्यालो खोज्छिन्। हासीहासी आफ्नो पिडा दबाएर बेसाहाराहरूको साहारा बनेकी आमा दिल शोभालाई हाम्रो सलाम।

Total : 1 comments

Franco wrote on 2014-05-10,
Full of salient points. Don't stop bevinlieg or writing!

Leave Your Comments

Name:           (Compulsory)

Email ID:       (Compulsory)   Will be secret

Comments:

CAPTCHA


copy the digits from the image into this box